गायक प्रकाश सपुतलाई कोरोना संक्रमण


वैशाख १७, काठमाडौं । लोक दोहोरी गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै सपुतले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका थिए।

‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,’ उनले फेसबुकमा लेखेका छन्।

उनले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्। उनी अहिले होम आइसोलेसनमा छन्। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

१७ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको