रोल्पा नगर कमिटीको राजनैतिक प्रशिक्षण तथा बैठक सम्पन्न


चैत्र १७, रोल्पा । नेत्रबिक्रम चन्द ‘ बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नगर कमिटी रोल्पाको राजनैतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । रोल्पा नगर कमिटीको आयोजनामा लिबाङमा मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रममा नगर कमिटी सेक्रेटरी सिजनको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिमा नेकपा केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केस बहादुर बांठा ‘सुबास’, बिशिस्ट अतिथिमा जिल्ला ईन्चार्ज दिनेश बिक्रम चन्द ‘मानव’ र अतिथिहरु जिल्ला सेक्रेटेरी शोभाराम राना, नगर ईन्चार्ज खिमराज पुन ‘सुनिल’ गाउँ कमिटी एसिएस प्रदीप, विद्यार्थी रोल्पा जिल्ला संयोजक हरि रहेका थिए ।

पार्टीको नयाँ निति तथा कार्यक्रमको बारेमा अतिथिहरुबाट सहभागीहरुलाई स्पष्ट पार्ने काम भएको थियोे । बर्तमान राजनीतिक समसामयिक बिषयमा समेट प्रष्ट पारिएको थियो। कार्यक्रमको सन्चालन सिजनले गरेका थिए ।

१७ चैत्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको