बैज्ञानिक समाजबादमा केन्द्रित हुँदै नयाँ पार्टी निर्माण गर्छौ -पुर्वसभामुख महरा [भिडियो सहित]

एमसीसी पास हुँदैन


कार्तिक १२, रोल्पा । पूर्व सभामुख तथा नेकपा माओबादी केन्द्रका प्रबक्ता कृष्ण बहादुर महराले अबको राष्ट्रिय सम्मेलन पछी कम्युनिष्टहरुको नयाँ पार्टी बन्ने बताए । बैज्ञानिक समाजबादको दस्तावेजमा टेकेर अब नयाँ पार्टी निर्माण गर्ने पूर्व सभामुख महराले बताएका हुन् ।

वाईसीएल नेपाल गंगादेव रोल्पाको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्न रोल्पा पुगेका महराले नेकपा माओबादी केन्द्रको केन्द्रीय समितिको बैठकले बैज्ञानिक समाजबादमा केन्द्रित हुने दस्तावेज तयार पारेको बताए ।  उनले भने ‘ केन्द्रिय समितिको बैठक बसेर एउटा दस्ताबेज तय गरेका छौ, बैज्ञानिक समाजबादमा केन्द्रिय हुने र त्यसपछि बैज्ञानिक समाजबाद हुँदै नयाँ पार्टी निर्माण गर्ने छौ’ ।

प्रबक्ता महराले क्रान्ति वा परिवर्तन चाहानेहरु एकै ठाउँमा हुनुपर्नेमा जोड दिए । फुटेका कम्युनिष्टहरुको एकताका लागी प्रयास जारीरहेको उनले बताए । विप्लब देखि मोहन बैद्य र मोहनविक्रम समेतलाई भेटेको बताउदै, अब नयाँ पार्टी बनाउन प्रयास भैरहेको उनले बताए ।

देशमा एमसिसि आबस्यकता नभएको पूर्व अर्थमन्त्री महराले बताएका छन् । पाँचदलको गठबन्धनको सरकारले एमसीसीलाई पास नगर्ने आश्वासन दिंदै एमसीसी बिषयमा चिन्तित नहुन आग्रह समेत गरेका छन् ।

नेकपा माओबादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल गंगादेब गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनको प्रमुख अतिथिमा पुर्वसभामुख तथा नेकपा प्रबक्ता कृष्ण बहादुर महरा रहेका थिए भने विशिष्ट अतिथिहरु माओबादी केन्द्र रोल्पा जिल्ला संयोजक तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य सुरेन्द्र घर्ति, लुम्बिनी प्रदेश सदस्य तथा गंगादेव गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री, लुम्बिनी प्रदेश सदस्य तथा वाईसीएल नेपाल केन्द्रिय सहसंयोजक सुबोधराज शेर्पाली रहेका थिए।

अन्य अतिथिहरु पार्टीका विभिन्न जिम्मेवार नेताहरु र भात्री संगठनका प्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रमको सभापति वाइसिएल नेपाल गंगादेवका संयोजक भरत केसी रहेका थिए भने कार्यक्रमलाई बिष्णु खड्काले सहजीकरण गरेका थिए ।

हेर्नुहोस भिडियो 

सम्मेलनका दृश्यहरु 

 

१२ कार्तिक २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको