साउन १४, मसुरीय । लुम्विनी प्रदेशको ब्यबस्थित स्थायी राजधानी बनाउनका लागि शहरको सम्भावित खाका प्रस्तुत गरिएको छ ।
विहीवार राप्ती गाउँपालिकाको सभाहलमा प्रदेश पूर्वाधार प्राधिकरणको आयोजनामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका सरोकारवालाहरु बीच राजधानी शहरको खाका प्रस्तुत गरिएका हो ।
राप्ती उपत्यका र सम्भावित शहरको बारेमा राजधानी शहरको खाका तयार गरिरहको सितारा इकोकोड , टेक्नोक्याट जेभिका पराशर्मदाता डा. विजय श्रेष्ठले बताए । उनले राप्ती उपत्यकाको सम्भावित खाका प्रस्तुत गदै ब्यवस्थित शहर बनाउन आम नागरिकको सल्लाह लिइने बताए ।
प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख धुर्ब मजगंैयाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी घोषणा भएपछिका उतार चढावका साथै आगामी दिनमा गर्नुपर्ने तयारीका बारेमा स्थानीय बासी जानकार तथा सजग रहन आग्रह गरे ।
कार्यक्रममा प्रस्तुत गरिएको शहरको खामामा थप गर्नुपर्ने योजना सहित स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने योजनालाई प्राथमिकता दिन र यस क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, वातावरणिय क्षेत्रको सुरक्षाको प्रत्याभुति गराउन छलफल चलाएको शहरी योजनाकार कुमार धमलाले जानकारी दिए ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, संविधान सभा सदस्य शुशिला चौधरी, रश्मीराज नेपालीले राजधानीको शहरकोलागि काम छिटो हुनु पर्ने बताए ।निर्माण गरिने शहरको खाकामा राष्ट्रिय, अन्तराष्ट्रिय नीति , नियमको परिधिमा रहेको सुहाउँदो शहर निर्माण गर्न सम्वन्धित निकायलाई सिफारिस गरिने योजनाकार धमलाले बताए ।
कार्यक्रममा राजधानी शहर परामर्शदाताका तर्फवाट शहरी योजनाकार कुमार धमला, यातायात योजनाकार डा. प्रदिप श्रेष्ठ, अर्थविद कुमार भट्टराई, आर्किटेक सुरेन्द्र लुईटेलले राजधानी शहरको सम्भावित खाकामाथि प्रकास पारेका थिए ।
शहरी योजनाकार कुमार धमलाले लुम्विनी प्रदेशको राजधानी शहरको सम्भावित खाका निर्माणको क्रममै रहेकोले राजधानी शहर परामर्शदाताहरुलाई आम नागरिकले सकारात्मक सुझाव दिन सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस