१५ अंकले घट्यो नेप्से, १० अर्ब ९० करोडको कारोबार

फाइल तस्बीर

साउन १४, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन आज शेयर बजार घटेको छ ।

आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३,०७९ दशमलव ८२ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २१७ वटा कम्पनकिो २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनी ३३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको २९ करोड ४४ लाख, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २५ करोड ४३ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २४ करोड ७५ लाख र रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रडी हाइड्रोपावर, जीवन विकास लघुवित्तका र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

१४ श्रावण २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको