कर्मचारीलाई १० दिन पर्यटन बिदा, महिला स्वास्थ्य स्वयंसेविकाको सुविधा शतप्रतिशतले बढ्यो


जेठ १५, काठमाडौं । सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।

यसिगारी सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको सुविधालाई शतप्रतिशत बढाएको छ।

आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात सुविधामा शतप्रतिशत वृद्धि गर्दै १२ हजार पुर्याइएको अर्थमन्त्री विष्णु पौडेलले बताए।

हाल देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन्।

१५ जेष्ठ २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको