सल्यानमा निषेधाज्ञाकाे घाेषणा, कपुरकोट बजार भोलीबाट बन्द [विज्ञप्तिसहित]

फाइल तस्बिर

बैशाख १६, दाङ । सल्यानमा आउँदो आइतबार (वैशाख १९) देखि निषेधाज्ञा जारी हुने भएको छ ।

नयाँ भेरियन्टको कोभिड १९ जिल्लाका सबै पालिकाहरुमा तिव्र रुपमा फैलिएको भन्दै वैशाख १९ गतेदेखि जेठ १ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको बिहीबार भएको वैठ्कले वैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राती १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएकोे छ ।

निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ । यस्तै सल्यान कपुरकोट गाउँपालीकाले बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखीम बढेको भन्दै शुक्रवार देखि लागु हुने गरि बैशाख २३ गते सम्म कपुरकोट बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

होटल तथा रेष्टुरेण्टको हकमा भने श्वास्थ्य मापदण्ड पालना गर्दै विहान ८ बजे देखि बेलुका ८ बजे सम्म सञ्चालन गर्न पाईने छ ।सल्यान प्रबेशद्धारका रुपमा रहेको कपुरकोट क्षेत्र पनि कोरोनाको उच्च जोखिममा रहेकोले बुधबार बसेको कार्यपालीका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

हेर्नुस विज्ञप्ति 

१६ बैशाख २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको