दीपक मनाङेले लिए मन्त्रीको सपथ


वैशाख १६, पोखरा । गण्डकी प्रदेशमा युवा तथा खेलकूद मन्त्री नियुक्त भएका दीपक मनाङे (राजिव गुरूङ) ले सपथ लिएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज उनलाई मन्त्री बनाएका थिए। गुरूङलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

सामाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री गुरूङले मनाङेलाई मन्त्री बनाएका हुन्। मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आएका बेला मन्त्रिपरिषद विस्तार गरिएको हो।

युवा तथा खेलकुद मन्त्रालय थपिएसँगै गण्डकी प्रदेशमा मन्त्रीको ८ पुगेको छ। यसअघि मुख्यमन्त्रीसहित गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद थियो।

मनाङे आपराधिक पृष्ठभूमिका हुन्। उनी सांसद चुनिनुभन्दा अघि डिल्लीबजार कारागारमा थिए। गुण्डा नाइके चक्रे मिलनको ज्यानसम्बन्धी मुद्दामा मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो।

होटल हायातमा ग्याङ वार हुँदा मिलनको हात मनाङे समूहले छिनालिदिएको थियो। सो घटनामा मनाङे प्रतिवादी थिए।

१६ बैशाख २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको