मैले सोधेँ : तिम्रो सुवास खोइ ?
तिम्रो त रङ्ग मात्र छ ।
उसले सोध्यो : तिम्रो मन खोइ ?
तिम्रो त अङ्ग मात्र छ ।
मैले सोधेँ : तिम्रो माटो खोइ ?
विजुली गमलामा छौं ।
उसले सोध्यो : तिम्रो बाटो खोइ ?
तिमी त तबलामा छौं ।
मैले सोधेँ : तिम्रो वन खोइ ?
तिमी त स्वकेशमा छौं ।
उसले सोध्यो : तिम्रो यौवन खोइ ?
तिमी त दुरदेशमा छौँ ।
मैले सोधेँ : तिम्रो कुनै फुलबारी छैन ?
तिमी त अधेरीको फूल हौ ।
उसले सोध्यो : तिम्रो कुनै घरवारी छैन ?
तिमी पनि त खडेरी मुल हौ ।
मैले सोचे हामी दुबै उस्तै-उस्तै हो ।
म बोक्रो र उ खोक्रो,
रबर पुष्प – रोबोट मान्छे ।।
याङो श्रो मगर
प्रतिक्रिया दिनुहोस