पाँच दलीय गठबन्धनमा विप्लव र वैद्यलाई पनि ल्याइन्छ: प्रचण्ड

फाइल तस्बीर

कात्तिक ११, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्तारुढ गठबन्धनमा नेकपा विप्लव र मोहन वैद्यलाई पनि ल्याउने बताएका छन्। उनले अहिलेको गठबन्धनमा अन्यलाई पनि ल्याउन पहल भइरहेको बताए ।

माडीमा कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने, ‘अहिले एमालेविरूद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिष जनमोर्चा सम्मिलित पाँच दलीय गठबन्धन छ। विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ।’

उनले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने दाबी गरे । अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’

उनले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए ।

एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि प्रचण्डले बताए ।

११ कार्तिक २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको