बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका लागि सरकारले तोक्यो राहत

फाइल तस्बीर

कात्तिक ११, काठमाडौं । बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिका लागि सरकारले किसानलाई जग्गा जमिनका आधारमा विभाजन गरी राहत दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले किसानलाई राहत दिने कार्यविधि सम्बन्धी निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पूर्णरुपमा क्षति भएकाको हकमा १० कठ्ठासम्म जग्गा भएका किसानका लागि क्षतिको ६५ प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

यसैगरी १० कठ्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानका लागि क्षतिको ३० प्रतिशतसम्म तथा ३ बिघाभन्दा बढी जग्गा भएका किसानका लागि क्षतिको २० प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।

राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाएर स्विकृतीका लागि पेश गर्नुपर्ने समय सिमा दिइएको छ।

११ कार्तिक २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको