दाङकि महिला बला’त्कार गरेको आरोपमा सल्यानका एक युवक पक्राउ

सांकेतिक फाइल तस्बिर

कात्तिक ११, दाङ । दाङको तुलसीपुरकी एक महिलालाई बला’त्कार गरेको जाहेरीपछि सल्यानका एक युवक पक्राउ परेका छन् ।

महिलाको जाहेरीका आधारमा सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ लुहाम निबासी २६ बर्षीय प्रमोद श्रेष्ठ पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा इलाका प्रहरी कार्यालय लुहामले श्रेष्ठलाई पक्राउ गरि बुधबार आवश्यक कारबाहीका लागि तुलसीपुरमा पठाएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

महिलाले कात्तिक ७ गते इप्रका तुलसीपुरमा श्रेष्ठ बिरुद्ध किटानी जाहेरी दिएपछि श्रेष्ठलाई पक्राउ गर्न लुहाम प्रहरीको सहयोग मागिएको डिएसपी अर्यालले बताए ।

पीडित महिलाको जाहेरीमा असोज अन्तिममा आफुलाई श्रेष्ठले ललाई फकाई तुलसीपुर १३ दमारगाउँस्थित जंगलमा लगेर जबरजस्ती बला’त्कार गरेको उल्लेख रहेको प्रहरीले जनाएको छ ।

१९ बर्षीया ती महिला बिबाहित हुन । प्रहरी स्रोतका अनुसार उनका श्रीमान रोजगारीका सिलसिलामा बिदेशमा छन् । घर परिवारले समेत परपुरुष संगको सम्बन्धबारे जानकारी पाएपछि ती महिलाले श्रेष्ठ बिरुद्ध जबरजस्ती बला’त्कार सम्बन्धी मुद्दा दायर गरेको स्रोतले बताएको छ ।

ती महिलाको माइती घरपनि सल्यान नै रहेको प्रहरीले जनाएको छ ।

११ कार्तिक २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको