दाङको टरिगाउँ एयरपोर्टका लागि ५५ करोड बजेट बिनियोजन

फाइल तस्बीर

असोज १२, दाङ । दाङको एक मात्र ऐतिहासिक एयरपोर्ट टरिगाँउ एयरपोर्टको लागि अर्थमन्त्रालयले ५५ करोड बजेट बिनियोजन गरेको छ । एयरपोर्टको सुद्रिढीकरण, टावर निर्माण र धावन मार्ग विस्तारका लागि ५५ करोड बजेट अर्थमन्त्री जनार्दन शर्माले बिनियोजन गरेका हुन ।

हालै सरकारले ल्याएको प्रतिष्थापन बजेटमा एयरपोर्टको स्तरउन्नतिको लागि ५५ करोड बजेटेको ब्यबस्था गरिएको छ ।बितेका दूई आर्थिक बर्षदेखि तुलसीपुरस्थित टरिगाँउ एयरपोर्टको लागि कुनैपनि बजेटको ब्यबस्था गरिएको थिएन ।

केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि अध्यादेश मार्फत ल्याएको बजेटमा समेत टरिगाउँ एयरपोर्टमा कुनैपनि बजेटको ब्यबस्था नगरेको भएपनि अहिले आएर रुकुमबाट प्रतिनिधित्व गर्ने माओबादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएपछि बजेटेको ब्यबस्था भएको तुलसीपुरका माओबादी नेता यज्ञबहादुर केसीले बताए ।

‘हिजोसम्म मुख्यमन्त्री बाधक थिए र उनैले टरिगाँउ एरपोर्ट बन्न नदिने षडेन्त्र गरेका थिए,’ केसीले भने ‘ तर, आज उनी नभएपछि सरकारले एयरपोर्ट बिस्तारको काम गर्न बजेटको ब्यबस्था गरेको हो ।’

टरिगाँउ एयरपोर्टको बिस्तार र स्तरउन्नतिका लागि बिभिन्न शिर्षकमा ५५ करोड बजेट बिनियोजन भएको भन्दै केसीले अब त्यो कार्यान्वयनमा आएमा समग्र दाङको भबिस्य राम्रो हुने आशा ब्यक्त गरे ।

टरिगाँउ एयरपोर्टमा बजेट पार्नका लागि तुलसीपुर निवासी माओबादीका नेता तथा राष्ट्रियसभा सदस्य जगप्रशाद शर्मा (अपार) लगाएतका नेताले महत्वपूर्ण भूमिका खेलेका थिए ।

केही समय पहिले मात्रै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, माओबादीका स्थानीय नेता यज्ञबहादुर केसी, राष्ट्रिय सभा सदस्य शर्मा लगाएका ब्यक्तिहरु एयरपोर्टको बिस्तारको कुरालाई लिएर अर्थमन्त्रीलाई भेटेका थिए ।

क्षेत्रीय राजनीतिका कारण २०११ सालदेखिको ऐतिहासिक एयरपोर्टको भविस्य अन्यौंलमा पर्न थालेपछि बिगत २०६२ सालदेखि तुलसीपुर उद्योग बाणिज्य संघले हरेक नेता र मन्त्रीलाई एयरपोर्ट बिस्तारको माग गर्दै जिल्लामा आउने हरेक दलका नेता, मन्त्री र काठमाडौंमा पुगेरपनि हरेक सरकारका प्रमुख तथा मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउँदै आएको पूर्व अध्यक्ष रिजालले बताए ।

उनले पछिल्लो समय आँफूहरुको पीडा सुनेर अर्थमन्त्री शर्माले बजेट बिनियोजन गर्नु खुसीको कुरा भएको भन्दै अब त्यो कार्यान्वयमा लागि सबैले पहल गर्नुपर्ने बताए । लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री भएको समयमा कालोपत्रे गरिएको भएपनि टरिगाँउ एयरपोर्टको धावन मार्ग ७५० मिटर लम्बाई र ३० मिटर चौडाईको मात्रै छ ।

जसले गर्दा यहाँ १८- १९ सिटे जहाज मात्रै अवतरण गर्न सक्छन् । यात्रुलाई भाडा महंगो पर्नुको प्रमुख कारण ठूला बिमान यहाँ नआउनुलाई नै मानिएको छ । धावन मार्ग बिस्तार भएमा र केही ठूला बिमान अवतरण गर्न सक्नेमा टरिगाँउ एयरपोर्टको भाडा नेपालगञ्ज एयरपोर्टको भन्दा झनै सस्तो हुने आशा गरिएको छ ।

यसअघिका मुख्यमन्त्री शंकर पोखरेलले दाङको घोराही १० नारायणपुर क्षेत्रमा क्षेत्रीय स्तरको एयरपोर्ट निर्माणको लागि पहल गर्दै आएका थिए । त्यहाँ बजेट बिनियोजन गरि सर्भे लगाएका कामहरु हुँदै आएको भएपनि स्थानीयले भने त्यसको बिरोध जनाउँदै आएका छन् । उनीहरुले तुलसीपुरमा एयरपोर्ट हुँदा हुँदै त्यसदेखि १५ किलोमिटर नजिकै खेतियोग्य जमिन मासेर एयरपोर्ट बनाउनु गलत भएको बताउँदै आएका छन् ।

 

१२ आश्विन २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको