अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानको अध्यक्षमा भिम बुढाथोकी चयन


असोज १२, जापान । रोल्पालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानको दोश्रो कार्यकालको अध्यक्षमा त्रिबेणी घर भएका भिम बुढाथोकी निर्बाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको दोस्रो भर्चुअल अधिबेशनद्वारा २०२१-२३ अवधिकालागि नयाँ पदाधिकारीहरु चयन भएका हुन् ।

बुढाथोकीको नेतृत्वमा पछी १ देखि चारजना सम्म थप्ने गरि बढीमा २१ सदस्य सहितको नव पदाधिकारीहरु चयन गरेको थियो भने कमल बाँठा प्रमुख संरक्षक रहेका छन्  । सल्लाहकार समितिमा बसन्ती घर्ति/केसी र कुबेर वली रहेका छन । नेपाल जापान बिचको समन्वयको लागि माडी गाउँपालिकाका निर्माण बुढामगर संयोजकमा चयन भएका छन् । अन्य रिक्त पदकालागि आबस्यकता अनुसार कार्यसमितिद्वारा थपघट गर्ने निर्णय भएको संस्थाका प्रमुख संरक्षक कमल बाँठाले बताए  ।

संस्थाको बरिष्ट उपाध्यक्षमा के.पी.व़ली (माडी), उपाध्यक्षमा ओम डाँगी (परिवर्तन), महिला उपाध्यक्षमा शान्ति जी.एम. (माडी), उपाध्यक्षमा हरिभक्त वली (माडी) रहेका छन् भने महासचिवमा मनोज डाँगी (त्रिवेणी) निर्बाचित भएका छन् । त्यसैगरी संस्थाको सचिवमा पछी थप्नेगरी सह-सचिवमा तेज कुमारी परियर (सुनील स्मृति), कोषाध्यक्षमा पूर्णिमा डिसी/रेग्मी (रोल्पा नगरपालिका), सह-कोषाध्यक्षमा मदन वली (माडी) र प्रवक्तामा निरन्जन बुढामगर (रोल्पा नगरपालीका), सह-प्रबक्तामा भरत सूबेधि (सुनील स्मृति) निर्बाचित भएका छन् ।

अन्य सदस्यहरु प्रीति चन्द (टोक्यो प्रमुख), रोशन घर्तीमगर (योकोहामा प्रमुख), रवीना पुनमगर (गुंबाकेन प्रमुख), तिलक व़ली, हस्तमाली बुढामगर, गोविन्द घर्ती मगर, पूजा घर्तीमगर निर्बाचित भएका छन ।

संस्थाको भर्चुअल महाधिवेशनको प्रमुख अतिथि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष सन्दिप थापा रहेका थिए भने बिशेष अतिथिमा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय आर्थीक सल्लाहाकार तथा राप्ति समाज युकेका अध्यक्ष हिक्मत रोका रहेका थिए भने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको विभिन्न देशका संयोजक तथा सल्लाहकारहरु र जापान स्थित विभिन्न संघ सँस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।

निवर्तमान अध्यक्ष कमल बाँठाको सभापतित्वमा सम्पन्न अधिबेशनलाई महासचिव भिम बुढाथोकीले सहजीकरण गरेका थिए भने सँस्थाको उपाध्यक्ष कपी वलीद्वारा स्वागत मन्तब्य प्रस्तुत भएको थियो । त्यसैगरी निवर्तमान कोषाध्यक्ष शान्ती घर्ति मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्ष कमल बाँठाले संस्थाको प्रतिबेदन प्रस्तुत गर्दै पहिलो कार्यकाल बिगठन गरेका थिए।

सँस्थाका सल्लाहकार बसन्ती घर्तिको नेतृत्वमा रहेको निर्बाचन समितिले नयाँ पदाधिकारी चयनमा भूमिका निर्बाह गरेको थियो भने बन्द सत्रमा गरिएको निर्णयहरु सार्वजनिक गर्दै निर्बाचन समिति संयोजक बसन्ती घर्तिले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

अधिबेशनमा उपस्थित सबै प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुद्वारा नबनिर्बाचित पदाधिकारीहरुलाई मन्तब्यद्वारा बधाई तथा शुभकामना दिएका थिए ।

१२ आश्विन २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको