मगर संसार राहतकोषबाट ७९औं सहयोग हस्तान्तरण


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ७९ औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । माडि – २ घर्तीगाँउ रोल्पाका कलेजो क्यान्सर रोगले पीडित बनेका ९ महिने बालिका जेसिका पुन मगरलाई मगर संसारको पहलमा रू.१७,४४५/- रुपिया सहयोग हस्तान्तरण गरेको छ ।

जेसिका पुनमगरको उपचार गर्न घरको दयनीय अवस्थाले समस्या परेको र सबै सामु सहयोगको अपिल गरेपछि मगर संसारले पनि सहयोगको लागि ग्रुप र पेजमा अपिल गरेको थियो । सोही अपिल अनुसार थबाङ गाउँ पालिका २ रोल्पा थाबाङ हाल साउदीमा कार्यरत बिपिन झाँक्री मगरले रू.१५,०००/- र मगर भाषा अनलाइन क्लासबाट रू.२,४४५/- सहयोग गरेको छ ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा मन मास्की रानामगर, शान्ति राना मगर, मोनीका मगर्नीप्रिया राना मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, टूगा राना मगर, नबिना पुन मगर, रमेश बुढा मगर, प्रकाश मगर, बिस्वास मगर, एजिशा मगर्नी, प्रदीप घर्ती मगर, जानकी मगर, नीरू मास्की राना मगर, रन्जना थापा मगर मन ढेंगा मगर हुनुहुन्छ ।

१२ भाद्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको