४५ डिग्रिको घामसंग खेल्दै काम गर्दा
घरि घरि आफैलाई अक्सिजनको अभाब नभएको होइन |
प्यासको समय पानी उपलब्ध नहुदा,
आफ्नो शरीरबाट निस्केको अमिलो पसिना घुट्की नबने दिन छैन |
बेलुका पकाएको खाना, टिफिन बक्स वा प्लास्टिकको झोलामा राखेर
दैनिक मजुरी गर्दाको समय भाषा नमिल्नेले केहि नसुनाएको दिने छैन
बाहिर ताक्रम र शासक कम्जोर हुँदा भोग्नु पर्ने पिडा लिएर
यात्राहरु काटि रहंदा तिम्रो सन्काहा मुहारको याद नआएको पनि होइन |
तर पनि
तिमीलाई शासक बनाउने मेरो आफन्तहरु
आज भोक र रोगले लडदै गर्दा,
एक कप चिया र एक टुक्रा खबुस खाने पैसा बचाएर
केहि सहयोग गर्दै गर्दा तिम्रो व्यवहार हेरेर उठेको हातहरु
घरि घरि आफै थकान अवस्थामा परिणत हुन्छन |
हुनत समाजले पनि कहा उपनाम नदिएको होर
खाडीको लाहुरे, डोरी लाहुरेले परिचित छु
जे भए पनि मेरो रेमिट्यास तिम्रो चुला जलको छ
बिपतको बेला त्रिपाल, एक छाक तातो खाना मात्र नभई
ओछ्यानमा पल्टिएर सास तान्नु नसक्दा अक्सिजन पनि पठाइ दिएको छु |
हुनत
अक्सिजनको भएर पनि शरीरले तान्नु नसकेर
मृत्युमा परिणत हुनेहरु डोरी लाहुरेको लासहरु
मेसिनले खनेको खाल्डो लामो झोला भित्र नै लमतन्न परेर
माथिबाट माटोले नथिचिएको को पनि कहा होर ?
पिडा त् तिमीलाई के छ र, महोदय ?
एउटा डोरी लाहुरेको लासलाई पराइ मुलकमा
छोप्दै गर्दा, उसको आफन्तलाइ कहिले कहिँ सोध्ने गर |
सासक आफैमा सधै लाचार छ भन्ने बुजेर नै
तिमीले बनाएको डोरी लाहुरेले आफैलाई सम्झेको मात्र हो
तिमिले मेरो रेमिट्यास खाएर
मेरो परिवारको लागि औसधि जोहो गर्नु सक्दैनौ
तर
तिमिलाइ पुन: सत्ता प्राप्त गर्नुको लागि
अरबौको रकम खर्च गरेर चुनाब गर्नु सक्ने हिमत गर्छौ
हुनत तिमिलाइ मात्र दोषी देख्नु मेरो गल्ति हुने छ
मेरै परिवारका मान्छेहरु पनि अधभक्त बनेर तिमीलाई बिश्वास गर्छन |
केहि स्वार्थी झुण्डहरु तिमीलाई बखान गरेको ठान्छौ भने
तिमि पनि भ्रमित छौ,
किन भने तिमिबाट स्वार्थ नपाइ उनीहरुले स्वास फेर्नु सक्दैन्
लुट्नु जति सक्छु लुट,जे गर्नु मन लाग्छ गर
तर
इतिहासले कोल्टे फेरेको दिन हिसाब किताब अबस्य हुनेछ |
मैले पिएको अमिलो पसिनाको मुल्य, तिमीले भुक्तानी दिनु पर्ने छ |
भवानी लिम्बु
ताप्लेजुङ
हाल: दुबई
प्रतिक्रिया दिनुहोस