कुमारसेन क्षेत्री, पछिल्लो नेपाली राजनीतिमा केपि ओलि र विद्या भण्डारीद्वारा गरिएको संसद विघटनले केपि प्यानलका केहि थुप्रै शिर्ष नेता कार्यकर्ता र प्रचण्डजिहरु अलगिएर केपि अोलिको असंवैधानिक कदम वा प्रतिगमनबिरुद्ध बृहत नागरिक आन्दोलन सडकमा उर्लाएर सकि नसकि बिरोध गर्दै आएका थिए।यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका जुनियर नेता कार्यकर्ताहरु पनि केपि अोलिले गरेको संसद विघठनमा ज्यानको कुनै प्रवाह नगरी बिरोधमा उत्रिएका थिए।तर हिजो मात्रै यथास्थितिवादी मरणोन्मुख र गैर ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राष्ट्रघाती नागरिकता विधेयक बिरुद्ध के-कति बिरोध आलोचना र समिक्षा गरे अझै आम नेपाली जनताले बुझ्न पाएका छैनन् ।
हिजो केपि ओलिको प्रतिगमनको बिरुद्धमा बोल्ने माधव प्रचण्ड बाबुरामजीहरु यतिबेला के-कति कारण बहस रुमल्लिएर मन्द मौनतामा रहेर सौखिन महलहरुमा विलासिताको जीवन व्यतीत गर्दै छन होला भन्ने विषयमा आम नेपाली जनता र अन्य पार्टीहरुको लागी सोचनिय बन्न पुगेको छ ।
हिजो नेकपाका महासचिब कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ले केपि ओलि सरकारसँगको तिन बुदे सहमतिमा आउँदा प्रचण्ड माधव प्यानल द्वारा निकै वार्ता असमर्थताबारे बिरोध आलोचना गर्न अहोरात्र कसरतमा जुटेका थिए ।
अस्ति मात्र नेकपाका महासचिव कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ले समग्र मुलक र आम नेपाली जनताको शान्ति स्थायित्वको प्रभुत्व कायम गर्न,नेपाली जनतालाई अन्याय अत्याचार र उत्पिडनको खाडलबाट मुक्ति दिलाउन र नेपालको अस्थिर राजनीतिमा देखिएको यथास्थितिवादी मरणोन्मुख र दलाली चिन्तनलाई जरैबाट उखेलेर त्यसको विकल्पमा जनमतसंग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ता स्थापनाको विचार एजेण्डाहरुलाई अघि सार्दा अब ओली सरकारसँग विप्लवजी पनि एकताको सूत्रमा बाधिने भए भनेर आफ्ना नवसंसोधनवादी कुख्यात संसदवादी दलका असली हकदारहरुको उक्साहटमा गएर सामाजिक सन्जालदेखि लिएर केहि कथित दलाली मिडियावादीहरुले संचार क्षेत्रमा समेत भ्रमको खेती बजार्न निकै दौडधुपमा थिए।
विडम्बना जब आज केपि ओलि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट जारी गरिएको राष्ट्रघाती नागरिकता विधेयक बिरुद्ध प्रचण्ड,माधव,बाबुराम र शेरबहादुर देउवा पक्ष किन मुखदर्शक भएर मौनतामा रहेका छन्। के सत्ता र कुर्सी प्राप्तिको लागि मात्र हिजो उनिहरुको केपि ओलिको प्रतिगमन विरुद्धको आवाज थियो? या त केपि ओलिसँग समिति स्वार्थ परिपुर्तिको खेति फस्टाउन नसकेपछि मात्र गरिएको उक्त बिरोध आलोचना थियो? जस्ता विविध प्रश्नहरु आम नेपाली परिवर्तनकारी जनता वा सचेत नागरिकहरु र देशभक्त,प्रगतिशिल,सच्चा कम्युनिष्ट बामपन्थी शक्तिहरुका उठेका छन्।यसको जबाफ छ या छैन, सचेत नागरिक, देशभक्त/ परिवर्तनकारी जनता र प्रगतिशील वामपन्थी वा क्रान्तिकारी शक्तिहरु सुन्ना र जान्न आतुर छन्।
यस्ता विविध समस्याहरु संसदिय सत्ता र संसदवादी पार्टीहरुका लागी मात्र होइन समग्र राष्ट्रको लागी पनि हो।यसको प्रत्यक्ष दोष केपि ओलिको नभएर वर्तमान संसदीय व्यवस्थाको नै हो।यसको मुल समस्या नै आजको नेपाली मुलुकमा टिकेको संसदिय व्यवस्था हो। जबसम्म संसदिय व्यवस्थाको निर्विकल्प रुपमा अन्त्य हुदैन तबसम्म समग्र नेपाली परिवेश र आम नेपाली जनताले यस्ता सहिनसक्दा अतातयीपुर्ण समस्याबाट मुक्तिको आभासको अनुभूति प्राप्त गर्न सक्दैनन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबाट जुन हुन गएको राष्ट्र र जनताको प्रत्यक्ष हित विपरित नागरिकता विधेयक छ,त्यो भनेको आम नेपाली जनता र राष्ट्रका लागी संवेगात्मक ठहर्दैन । यसको पुर्ण रुपमा खारेजि हुनु अति नै आवश्यकजनक हो ।
हरेक नेपाली जनताले एउटा नेपाली नागरिक भएको नाताले पनि खुलेर बुलन्द प्रतिकार र प्रतिरोध गर्न सक्षम रुपमा उत्रिन निकै महत्वपूर्ण छ। प्रधानमन्त्री ओली र राष्ट्रपतिको यस्ता गैर, राष्ट्रघाति र जनघाती दुस्साहसले भावी नेपाली राजनितिदेखि लिएर मानव जिवन र राष्ट्र राष्ट्रियताको सवालमा गम्भिर चुनौती खडा गर्ने छ।
जनता र राष्ट्रको हित विपरित गएर एकाएक आफ्नो मनोगतवादी चिन्तनमा पतित भएर राष्ट्रघाती जनघाती कार्य गर्नु भनेको केपि विद्याहरुले इतिहासको खिल्लि उठाउनु शिवायक अरु केहि पनि हुन सक्दैन् । हरेक नेपाली नागरिकले आ-आफ्नो क्षेत्र, ठाउँ,स्थान र परिवेशबाट उक्त राष्ट्रघाती जनघाति नागरिकता विधेयक बिरुद्ध जर्याकजुरुक भएर स्वतन्त्र ढंगले खारेजीको माग गर्नुपर्छ ।
संसदीय व्यवस्थाको निरुपण र यसबाट आम नेपाली जनता/ राष्ट्रले उन्मुक्ति हुन वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको बाटोमा क्रियाशील रहन आवश्यक ठहर्छ। वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र आम नेपाली जनता र राष्ट्रले शान्ति स्थायित्व र आर्थिक समृद्धि सहितको अमनचयनको प्रत्याभूति गर्न पाउन सक्दछन्।
वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा आम नेपाली जनताले वर्गिय उत्पिडन,अन्याय र अत्याचारको विरुद्ध खुलेर प्रतिरोध र आलोचना गर्न पाउने वातावरण स्थापित हुन्छ। मानवदेखि मानव दासताको सिकार हुनबाट उन्मुक्ति पाउँछ।
जुन ओली भण्डारीद्वारा पारित राष्ट्रघाति नागरिकता विधेयक पनि यो आफैंमा असफल संसदिय व्यवस्थाको उपज हो।यो व्यवस्था कायम रहेसम्म कमरेड विप्लव वा जोसुकै उक्त व्यवस्थामा गएपनि त्यसबाट आउने नतिजा र परिणाम यहि नै हो।।कुनै एक व्यक्तिद्वारा यसको हल र समाधान गर्न व्यवहारतः असम्भव छ।जबसम्म यो संसदिय व्यवस्था यथावत कायम रहन्छ जबसम्म यस्ता समस्या र कठिनाईहरु निर्मुल हुनुका सट्टा झन संकटपूर्ण परिस्थितिको सिर्जना भइरहनेछ। यो व्यवस्थाबाट आम नेपाली जनता र मुलुकले छुट्कारा पाएर शान्ति स्थायित्व र आर्थिक समृद्धि सहितको परिवर्तनको कल्पना गर्नु भनेको कोरा सपनामा कुण्ठित हुन जान्छ।
तसर्थ,अबको उप्रान्त आम नेपाली जनताले यो आफैंमा असफल संसदिय व्यवस्था र यथास्थितिवादी मरणोन्मुखवादी राजनीतिको चपेटाबाट मुक्ति पाउनका निमित्त जनमतसंग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको मार्गदिशामा प्रेरित र एकिकृत हुन अति आवश्यक छ।
यो नै आजको संसदीय व्यवस्थाबाटको निकासको एकमात्र विकल्प हो ।
(लेखक युवा संगठन, अछामको सचिव हुनुहुन्छ)
प्रतिक्रिया दिनुहोस