जनताको ताजा जनादेश द्वारा बैज्ञानिक समाजवाद कि दलाल संसदीय व्यवस्था ?


लोकतन्त्रमा राजनीतिक दल पुँजीवाद ,र मानव जीवन उन्नत लोकतन्त्र द्वारा ताजा जनादेश कि, जनमत संग्रह, संसदीय व्यवस्था वा बैज्ञानिक समाजवाद भन्ने बिषयमा जनताको अवस्था कस्तो हुन्छ ? कसरी जनताको जीवनस्तरलाई अगाडी बढाउन सकिन्छ ।

बढ्दै गएपछि लोकतन्त्रको नाममा आज संसार भरि लुटतन्त्र मचाई रहेकाछन । पुँजीवादी अर्थ व्यवस्थाका कारण बिश्वका ९५%एकातिर ५%मानिस एकातिर छन् भने पाँच प्रतिशत मानिसले बिश्वकै ठुलो जनसंख्यालाई कब्जा गरेका छन । ९५%मानिस ति ५%का कब्जामा छन , भने ति सीमित बर्गले संसार भरि छरिएर रहेका मानिसहरुको मानसिकता माथी उल्लेखित रुपमा श्रमशोषण गरीरहेका छन ।

अझ नेपालमा त झन त्यो भन्दा तल ३ करोड ३० लाख जनसंख्याको झण्डै एक प्रतिशतले नेपालको अर्थतन्त्रलाई कब्जा गरेर बसेको छ । पुँजीपति वर्गको सिन्डिकेटका कारण लाखौ मानिसहरु घरबारविहीन भएका छन्।

किनकि पुँजीपति वर्गको सिण्डिकेटको शिकार निम्नपुँजिपतीहरु त हुने नै भए यो बर्ग जहिले पनि पुँजीपति वर्गको सेवामा समर्पित हुने गरेको छ । तर मध्यम वर्गलाई पनि उसले आफ्नो कब्जामा लिई बिक्री गरी सक्यो र राष्ट्रिय पुँजीलाई पनि कब्जा गरेका छन् भने त्यो मध्यम वर्गलाई पनि आफ्नो कब्जामा लिएर दास बनाएर राखी सक्यो, हुँदाहुँदा देशको पुरै राजनीतिक ब्यवस्थालाई समेत निगम पुँजीवादले कब्जा जमाई सकेका छन । राष्ट्रिय पुँजी समाप्त पारी दिएका छन ।

पुँजीपतिहरुको नत जात हुन्छ नत, धर्म हुन्छ, न कुनै राष्ट्र र समुदाय हुन्छ,हुन्छ त केबल पुँजी हुन्छ । त्यो बर्ग जहिले नि ब्यापारी हुन्छ मुनाफा चाहान्छ त्यसैले त्यो वर्ग जहिले नि पुँजीभन्दा दोस्रो मानपदवी चाहान्छ, त्यसका लागि पुँजीवादी सत्ता पछाडि राजनीतिक सत्ता कब्जा गर्न चाहान्छ ।

सामाजिक र सांस्कृतिक सत्ता त उसले पहिले नै कब्जा गरी सकेको हुन्छ । पुँजीपति वर्गले निम्न माध्यम बर्गलाई खुसीसित कहिल्यै बाच्न दिदैन , मिठो खाँदा रिसाउने , सामान्य खाँदा होच्याउने , यदि हामफालेर नयाँ बाटोमा जादा कुटपिट सम्म गरेर पनि कब्जा गर्ने रणनीति जो पुँजीवादको छ । अब त्यो सर्वहारा र श्रमजीवी वर्गलाई सह्य हुदैन ।

निम्नपुँजीपति चिन्तनबाट मुक्त भएर अगाडी बढ्नु पर्दछ । दलाल नोकरशाही पुँजीपति वर्गले आफू पराजित नभए सम्म पुँजीवादी सत्ता संरक्षण गरी बगिरहन्छ । त्यसैको निरन्तरतामा समाजमा सबैभन्दा सम्पन्न भएको मानिस राप्रपा हलो र गाई चुनाव चिह्न अंकितमा मरेकाटे पनि मतदान गर्न नछोड्ने,अनि त्यो भन्दा तल्लो बर्ग काँग्रेसको निर्वाचन चिन्ह रुखलाई मरेकाटे नछोड्ने अडान लिएको, अनि जहाँसम्म एमालेको कुरा छ, यो बर्ग जहिले पनि आफू यथास्थितिमा राख्न पनि राख्न नसक्ने, परिवर्तनलाई पनि आत्मसात गर्न नसक्ने, ढुलमुले प्रबृति र सुर्य चिन्हमा मतदानलाई मात्र कम्युनिष्ट आन्दोलन परिपूर्ण सम्झने, नत यथास्थितिमा बस्ने, न परिवर्तन चाहने ढुलमुले खालको दलाल नोकरशाही पुँजीपति वर्गको सिन्डिकेटका कारण लाखौ मानिसको अग्रगामी राजनीतिक बिचारलाई बेइमानीका साथ भनिरहेको छ हामी पनि कम्युनिस्ट हौ । हामी पनि परिवर्तन चाहान्छौ , भनेर हावा पिटि रहेका छन। र त्यसैको चरित्र आजको सत्ताको लुछाचुँडी हो ।

जनताको आधारभूत आवश्यकता पूरा गर्ने बाँचा गरेर माओवादीले दस वर्षे सशस्त्र जनयुद्ध गरे । अहिले आएर त्यसका नायकहरू प्रचण्ड, बाबुराम, बादलहरू त्यहि खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोमा चुर्लुम्म डुबेका छन् । त्यति मात्र होइन , प्रचण्डका कार्यकर्ताले त काँग्रेस र एमालेले ३० बर्षमा नकमाएको सम्पत्ति दुई बर्षमा कमाएर अर्बपति बनेका छन ।

माओवादी कार्यकर्तालाई मिठै नखाऊ , राम्रै नलाउ , राम्रो घरमै नबस चाँहि भनेको होइन , तर संगैका जनयुद्ध लडेकाहरु सडकमा , तिमीहरु रातारात करोडपति अर्थात् बिनोद चौधरी कसरी बन्यौँ, भन्ने विषय मात्र जनचासो को विषय बनेको छ । भने हिजो पूरानो को ध्वस्त नयाँ निर्माणको बिषयलाई लिएर संस्कृतिको नाममा धामी ,झाँक्रीका जगल्टा काट्ने , मन्दिरमा आगो लगाउने काम गरेको थिइयो भने , अहिले आएर ति खाँटि क्रान्तिकारीहरूले मन्दिरमा पूजाआजा , पन्चबली , हाँस, कुखुरा,बोका,राँगा, सुँगुर आदि बलि किन चढाउँछन ।

यदि प्रचण्ड लगायत उनका पिछलग्गुहरुलाई माक्र्सवाद प्रति बिश्वास थिएन भने, बिश्वास भए पछि आउनु पर्दथ्यो । मित्थ्यामा किन सर्वहाराको नाममा १७ हजारलाई ज्यान गुमाउन आह्वान गर्यौ । यसरी संसदबादमा भासिने भएको भए किन १८०० कार्यकर्ता काँग्रेसका हत्या गर्यौ ? १२०० कार्यकर्ता एमालेका किन माग्यौ ? जवाफ चाहियो ।

जनतालाई राहतका नाममा बर्मलुट गर्यौ ? अरुका खेताला शिक्षकको बिरोध किन गर्यौ ? आफ्ना शिक्षकका खेताला राख्यौ । जनताले कसरी बिश्वास गर्लान ? त्यति मात्र कहाँ हो र , संगै जनयुद्ध लडेका विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगायर जेलमा कोच्यौ , के पाउन जेल हालेका थियौ ? के पाएर फुकुवा गर्यौ ? राजनीतिक दल खोले बाफत हो भने लोकतन्त्र हो भन्छौ । जतिसुकै ठूला भ्रष्टाचारका मुद्दा फिर्ता लिन्छौ । हामी बिरोध गर्छौ, लोकतन्त्रमा बिरोध गर्न पाउने कुरा लेखेका छौँ । हामीले के बिगार्यौ र हामीलाई दुई बर्ष जेल हाल्यौ ? तिमीहरूले संचालन गरेको ब्यबस्था तिमीलाई नै चित्त बुझेको छैन, किन बिरोध गर्नेलाई तह लगाउछौ। कि त गलतको बिरोध गर्न पाउनु पर्यो , कि त लोकतन्त्र हो भनेर कराउन छोड्नु पर्यो महाशय ।

लोकतन्त्रको उपाधि दिएर लुटतन्त्र , दमनतन्त्र , पच्कातन्त्र गर्ने दलालहरुबाट सुशासनको प्रत्याभूति जनताले कसरी गर्ने ? जनताबाट सदाबहार कर , निर्वाचनका बेला मतदान गर्नु ठूलो धर्म हो भनेर भन्ने पुँजीबादी ब्यबस्थाका हिमयतिहरु समाजलाई अगाडि होइन , निश्चय पनि उधोगतिमा जान्छ। जनतालाई मतदान गरेबापत धर्म कमाउनु र ७० बर्षका सिबशर्मा रुपि ब्राह्मण सित ७ बर्षकि नाबालिका गोमाको बिहे गरिदिएर नबराजलाई गर्भे टुहुरो भए जस्तै धर्म हो मतदानको। देशमाको प्रधानमन्त्री हुन्छ , को मन्त्री हुन्छ , कुन दलले जित्यो , कसले हार्यो हामीलाई कुनै लेनदेन छैन ।

आज नेपाली जनतालाई भोको पेटमा अन्न , नाङ्गो शरिरलाई लाज ढाक्ने एकसरो लुगाफाटो , गरिखान ८ घण्टा काम , पायो भने यसैमा सन्तुष्ट हुन्छन । नकि दलालहरुका निर्वाचनसित कुनै सरोकार राख्दैनन। जब हाम्रो जस्तो मुलुकमा राजनीतिक स्थिरता दिएर पनि जनताले लोकतन्त्रको अनुभुति गर्न पाएका छैनन् ।

त्यसकारण अब नेपाली जनताले बेलैमा सचेत भएर संसदिय ब्यबस्थाका बिरुद्धमा बैज्ञानिक समाजवादी राज्य ब्यबस्था स्थापना गर्न , उन्नत लोकतन्त्र मार्फत सर्वदलीय प्रगतिशिल , राष्ट्रबादी सरकार गठन गरी संसदीय व्यवस्था वा बैज्ञानिक समाजवाद भनेर जनमत संग्रहमा जानु उत्तम विकल्प हुनेछ ।

(लेखक नेकपाको बझाङ जिल्ला समिति सदस्य हुनुहुन्छ)

१४ जेष्ठ २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको