बैशाख १५, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संसद् किनबेचले सत्ता जोगिए पनि संविधान हार्ने बताएका छन् ।
बुधबार गण्डकी प्रदेशसभा सदस्य सम्पर्क बाहिर रहेको भन्दै खोजी गर्न जनमोर्चाले माग गरेपछि बाबुरामले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्वीट गर्दै सांसद किनबेच, अपहरण निस्कासन र अस्पताल भर्नाले सत्ता जोगाउन सकिए पनि संविधानले हार्ने बताएका हुन् । उनले यस्ता खेलले देश र सर्वाभौमसत्तासले हार्ने बताएका छन् । उनले यस्तो अवस्थालाई लामो समय नराखी राष्ट्रिय सहमति कायम गर्न मागसमेत गरेका छन् ।
‘सांसद किनबेच/अपहरण/निष्कासन/अस्पतालभर्ना र संसद बिघटन/स्थगन/अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला तर अन्तत:लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ।अनि देश/राष्ट्रियता/स्वाधीनता/सार्वभौमसत्ताले हार्नेछ।वेलैमा चेतौं;राष्ट्रिय सहमति/एकता कायम गरौं।भोलि धेरै ढिलो हुनेछ’, उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस