सम्पर्कविहीन भएका सांसद शाही भेटिए


बैशाख १५, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको छलफलमा अनुपस्थित भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही ‘आईसीयू’ मा भेटिएका छन्।

उनी पृथ्वीचोक स्थिति चरक अस्पतालको आईसीयूमा भेटिएका हुन्। अस्पतालका अनुसार उनी चरक अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्।

तर मंगलबार प्रदेश सभामा गरीएको कोरोना परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ छ। आज प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यक्रम थियो।

शाही सम्पर्कविहीन भएपछि राजमोकी सचेतक पियारी थापाले प्रदेश सभा सचिवालयमा एक पत्र दर्ता गर्दै आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था सार्वजनिक गर्न माग गरेकी थिइन्।

उक्त विषयमा सम्बोधन नगरी सदन संचालन गर्न उपयुक्त नभएको भन्दै बैठक स्थगित भएको थियो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान कै दिन सांसद शाहि सम्पर्कविहीन भएका थिए । अविश्वास प्रस्तावमा राजमो निर्णायक छ। गण्डकीमा राजमोका ३ सांसद छन्।

यता नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएको सांसदलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् ।

@PM_Nepal यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहिको कोभिड परिक्षण नेगेटिभ आएको रिपोर्ट !

स्वस्थ,तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दि ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि ? pic.twitter.com/GFCSssjC6I

— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 28, 2021

१५ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको