बैशाख १५, दाङ । दाङमा बैशाख १७ गतेदेखि ९ दिनका हुन थालेको पूर्ण लकडाउनमा बित्तिय संस्थापनि पूर्ण रुपमा बन्द गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललको अध्यक्षतामा घोराहीमा मंगलबार बसेको जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले बैंकपनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । बैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म जिल्ला भर पूर्ण रुपमा लकडाउनको घोषणा गरिएको छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा बढ्दै गएपछि त्यो नियन्त्रण र रोकथाम गर्नका लागि ९ दिन लकडाउन घोषणा गरेको हो । यो निषेधाज्ञाका क्रममा बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्न पसलहरु सञ्चालन गर्न पाइने भएको छ ।
बैठकले तुलसीपुर र घोराही उपमहनगरपालिकामा अक्सिजनसहितको ४०÷४० बेडको आइसोलेसन र जिल्लाका अन्य ८ वटा पालिकाहरुमा २० ÷२० बेड क्षमताको अक्सिजनसहतिको आइसोलेन निर्मार्ण गर्ने निर्णय गरेको छ ।
बैठकले बेलझुण्डी कोरोना बिशेष अस्पतालाई ६५ बेड र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई १०० बेडको बनाउने निर्णय पनि गरेको छ । निषेधाज्ञाका क्रममा एम्बुलेन्स, प्रेस, सुरक्षा लगाएत अत्याबश्यक सवारी साधान बाहेक अन्य साधन सञ्चालन गर्न नपाइने भएको छ ।
बैठकले बेलझण्डी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई खाना खुवाउन आवश्यक पर्ने रकम तुलसीपुर र घोराही उपमहानगरपालिकाले समान डेढ÷डेढ लाख, बंगलाचुली, बबई, शान्तिनगर र दंगिशरण गाउँपालिकाबाट समान एक ÷एक लाख रकम दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस