त्रिदेशीय फुटबलको उपाधि विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने


बैशाख १५, काठमाडौँ । सरकारले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

वैशाख ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली टोलीका २३ खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले जानकारी दिए ।

काठमाडौंको दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटबल भएको थियो । फाइनलमा नेपालले फाइनल खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

 

१५ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको