काठमाडौं उपत्यकामा थपिए २ हजार बढी कोरोना संक्रमित

फाइल तस्बिर

वैशाख १५, काठमाडौं । काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ७ सय ७४ जना र एन्टिजेन विधिबाट १२३ जना गरी ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

देशभर सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । कोरोनाबाट निको हुनेको दर ८९.३ प्रतिशत छ। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८ सय २२ पुगेको छ।

गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७९ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ।

आज देशभर ५४ जना क्वारेन्टिनमा छन् । ३१७ आइसियू र ५८ जना भेन्टिलेटरमा उपचारत छन्।

१५ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको