देशभर थपिए ४ हजार ८९७ जना कोरोना संक्रमित


बैशाख १५, काठमाडौं । २४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

१५ बैशाख २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको