विप्लव नेकपा गंगादेव गाउँ कमिटीको राजनैतिक प्रशिक्षण सम्पन्न [फोटो फिचर]

राप्ती ब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज 'मानव'

चैत्र १५, रोल्पा । आफुहरु प्रतिबन्ध जितेर वार्ता र सम्बादमा आएको उद्घोष गर्दै संसदीय व्यबस्था र बैज्ञानिक समाजबादी व्यबस्था बीच जनमत संग्रह गर्नुपर्ने दिनेश चन्द ‘मानव’ले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी राप्ति ब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज समेत रहेका चन्दले नेकपा गंगादेव गाउँ कमिटीको राजनैतिक प्रशिक्षण कार्यक्रम तथा बैठकमा आफ्नो पार्टी प्रतिबन्धलाई जितेर बार्ता र सम्बादमा आएको बताए ।

शनिबार सम्पन्न बैचारिक प्रशिक्षणमा आफुहरु संसदीय ब्यबस्थामा चोचोमोचो मिलाउन नगएको जिकिर समेत गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका चन्दले भने पुरानो ब्यबस्थामा बिलिन हुन हाम्रो पार्टी बार्तामा गएको होइन, क्रान्तिकारीहरुलाई झुकाउन खोज्ने प्रतिक्रियावादीहरुको षड्यन्त्र र जालझेलहरु चिर्नेछौ र एकीकृत जनक्रान्तिको दिशामा प्रतिबद्द रहने छौ’ ।

कार्यक्रमका विशिष्ट अतिथि तथा रोल्पा जिल्ला सेक्रेटरी शोभाराम राना ‘बिष्फोट’ले पार्टी निर्माणका ५ आधारहरु बारे प्रस्ट्याएका थिए । कम्युनिष्ट अनुसासनमा प्रतिबद्द रहदै सांगठनिक पद्दति र प्रक्रियामा बाँधिन कार्यकर्ताहरुलाई दिशा निर्देश गरेका थिए ।

गंगादेव गाउँ कमिटीका इन्चार्ज किरणको सभापत्तित्वमा सम्पन्न कार्यक्रमलाई गाउँ कमिटी सेक्रेटरी मुस्कानले संचालन गरेका थिए भने अन्य जनबर्गिय संगठनका नेताहरु, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य प्रेम बहादुर वली, शिक्षण महासंघका केन्द्रिय सदस्य रमेश मल्ल, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य मंगल, युवा संगठन नेपालका जिल्ला संयोजक दिल्ली रमण वली ‘असल’ गंगादेव गाउँ कमिटिका सत्ता प्रमुख पूर्ण बहादुर वली, पूर्व जनमुक्ति सेना कमान्डर तिलक राम वली ‘टाइगर’ अतिथि रहेका थिए ।

गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम गंगादेव ३ जिनाबाङमा सम्पन्न भएको थियो । राजनैतिक प्रशिक्षण तथा बैठकमा विभिन्न प्रतिनिधिहरुको रिपोर्टिङ्ग लगतै प्रशिक्षण कार्यक्रम जोडिएको थियो । गंगादेव गाउँपालिकाका नेता तथा कार्यकर्ता र शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो ।

फोटोहरु/पोष्टपाटी 

जिल्ला सेक्रेटरी शोभाराम राना

जिल्ला सेक्रेटरी शोभाराम राना

गंगादेव गाउँ कमिटी इन्चार्ज 'किरण'

गंगादेव गाउँ कमिटी इन्चार्ज ‘किरण’

अखिल नेपाल किसान संघ केन्द्रिय सदस्य 'मंगल'

अखिल नेपाल किसान संघ केन्द्रिय सदस्य ‘मंगल’

गंगादेव गाउँ कमिटी सेक्रेटरी 'मुस्कान'

गंगादेव गाउँ कमिटी सेक्रेटरी ‘मुस्कान’

१५ चैत्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको