पोष्टपाटी, जापान । नेपाल मगर संघ जापानको क्षेत्रीय समिति तोकाई ले यही आईतबार मगर संघको ३९ औं स्थापना दिवस मनाएको छ । समितिका अध्यक्ष जया घर्ती मगरले आफ्नै अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको बताए । कोभिड १९ को कारण सदाको झैँ भव्य रुपमा मनाउँन नसकिने भएकोले केही आधिकारिक साथीहरु र सहभागीहरुको साथमा केवल अौपचारिकता मात्रै पुरा गरिएको उनले बताए !
कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगरको स्मृति दिवस पनि सँगै जोडिएको थियो । लखन थापा स्मृति दिवस् फागुन २ मा भएता पनि परदेशको काम बिशेषले ठिक मिति र समयमा सम्मान गर्न नसकिने भएको हुँदा उहिले देखिनै फागुन १५ को मगर संघ स्थापना दिवस (मगर एकता दिवस) सँगै एकसाथ सम्मान गर्दै आईएको नजिर छ । सचिव चिना रोका मगरको उदघोषणमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ जापान केन्द्रीय समितिका विदेश प्रमुख तथा गैर आवासीय नेपाली संघ नागोया जापानका कोषाध्यक्ष गंगा घर्ति मगरले छोटो सम्बोधन गरेका थिए । घर्ति संघका भुपु अध्यक्ष पनि हुन् । कार्यक्रममा आदिवासी जनजाति महासंघ नागोयाका उपाध्यक्ष प्रकाश पुन मगरले पनि छोटो मन्तब्य राखेका थिए । साथै उत्तम चोचाङ्गी मगरलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ ।
वि.स. २०३९ साल फागुन १५ गते मगर संघको स्थापना भएको दिनलाई मगगर हरुले स्थापना तथा एकत दिवसको रुपमा संसार भरी उत्सवको रुपमा मनाउँदै आएका छन् । तर पछिल्लो समय यो अपभ्रंश भई कतिपयले मगर स्थापना दिवस् भनेर लेख्न थालेको पाईन्छ । वास्तवमा यसरी लेखिनु गलत छ । मगर संघ स्थापना दिवस भन्नु र मगर स्थापना दिवस भन्नुमा आकाश पत्ताल फरक छ ।
हजारौँ बर्ष अघि देखि रहिआएका मगरहरुको स्थापना अर्थात उत्पतिको खास मिति कसैले तोक्न सक्दैनन् । र त्यो सम्भव पनि छैन । केही खोज अनुसन्धानमा जुटेका विज्ञहरुले अनुमानितमा भन्न सक्लान तर ठोसमा कसैले पत्ता लगाउँन सक्दैनन् यही यथार्थ हो । त्यसकारण मगर स्थापना दिवस होईन मगर संघ स्थापना दिवस् तथा मगर मगर एकता दिवस् भन्न र लेख्न सबैमा मगर संघले जानकारी र सचेत गराउँनु पर्छ । अपिल गर्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस