विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुन्छ: प्रधानमन्त्री ओली


फागुन १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन् ।

आज झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेकपासँग छिट्टै वार्ता हुने दाबी गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले फागुन ८ गते विज्ञप्ति जारी गर्दै सहज अवस्थामा वार्ता गर्ने बताएका थिए । तर प्रधानमन्त्री ओलीले यसबारे प्रष्ट धारणा राखेको थिएनन् ।

प्रधानमन्त्री ओलीले आज पहिलो पटक विप्लव नेतृत्वको नेकपासँग वार्ता हुन लागेको धारणा राखेका हुन् ।

उनले भने,“तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ ।”

उनले भने , “तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।”

१६ फाल्गुन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको