रोल्पाको जलजलाबाट पद यात्रीको उद्दार


कात्तिक १०, रोल्पा । गुरिल्ला पद मार्ग अन्तर्गत सहिद नमुना गाउँ जेलबाङ, जलजलाको बेस क्याम्प ओखरेनी छेडा हुँदै जलजला थबाङ आन्तरिक भ्रमणमा आएका पद यात्रा टोलि प्रकृति प्रेमी समुह काठमाडौंका ५५ वर्षीय ज्ञानीमाया श्रेष्ठलाई जलजलाबाट हेलिकप्टर मार्फत मंगलबार उद्दार गरिएको छ।

साताव्यापी आन्तरिक भ्रमण आएको पद यात्रा टोलि प्रकृति प्रेमी समूह काठमाडौंका १५ सदस्य मध्य श्रेष्ठ जलजलामा आफ्नो क्याम्पदेखि वेश क्याम्पमा जाँदै गर्दा तुसारोमा जुत्ता चिप्लिएर खुट्टा भाँचिएको ग्रामिण पर्यटक अभियान्ता एवं ट्रेकिङ गाइड पृथ्वी पुनमगरले बताए ।

जलजलामा तुसारोमा चिप्लिएर खुट्टा भाँचिएपछि समस्यामा रहेका आन्तरिक पर्यटकलाई ट्रेकिङ गाइड तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका -७ जेलबाङका अध्यक्ष समेत रहेका पुनमगरले उपराष्टपति नन्दकिशोर पुन ‘पासाङ’का स्वकीय सचिव सुकबहादुर रोका ‘सरद’लाई उद्दारको लागि अनुरोध गरेका थिए । त्यसपछि पोखराबाट आएको सिम्रक एयरलाइन्सको हेलिकप्टरबाट श्रेष्ठको उद्दार गरिएको हो ।

श्रेष्ठको उपचार अहिले काठमाडौंमा उपचार भैरहेको जनाइएको छ । उनको खुट्टा भाँचिएको नै रहेछ, आज मात्र अस्पतालको रिपोर्ट आएको रहेछ, हामीले जलजलामा आएका पर्यटनलाई समयमै उद्दार गरि अस्पतालमा पुर्याउन सफल भयौं’, पुनले भने ।

कोभिड -१९ पछि कोरोना भाइरसले थलापरिएको आन्तरिक पर्यटन बल्ल फस्ताउन थालेको छ । प्रकृति प्रेमी समुहको टिम स्वर्गद्वारी प्युठान, रोल्पा जेलबाङ, जलजला थबाङ हुदै लिबाङ सम्मको यात्रामा निस्केका आन्तरिक पर्यटनहरु कोभिड पछिको पहिलो आन्तरिक पर्यटन हुन्।

१० कार्तिक २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको