एकैदिन ३ लाखले लगाए कोरोनाविरुद्ध खोप


असोज ११, काठमाडौं । एकैदिन ३ लाख नागरिकले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ८७४ जनाले कोरोनाविरुद्ध खोप लगाएका हुन् । यो एकैदिन खोप लगाउनेको उच्च संख्या हो।

अहिलेसम्म ६१ लख ६५ हजार ५२ जनाले कोरोनाविरुद्धको पूर्णखोप लगाएका छन् । यस्तै खोपको पहिलो मात्रा लगाउनेको संख्या ६७ लाख ९३ हजार ४५६ पुगेको छ ।

देशभर २८.३ प्रतिशत नागरीकले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाएका छन्। यस्तै, ३१.२ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् । नेपालमा कोभिसिल्ड,अक्सफोर्ड एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप उपयोगमा आएको छ ।

स्वास्थ्य मन्त्रालयले असोजभित्र ३३ प्रतिशत नागरिकलाई पूर्णखोप लगाउने लक्ष्य लिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४१ लख ७४ हजार पाँच सय ३ जनाको पीसीआर परीक्षण भएको छ।

११ आश्विन २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको