साउन १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै राष्ट्रपति भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् । भण्डारीले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस