रुकुममा काल्नोमा महिला मृ’त भेटिईन, ह’त्या भएको आशंका

सांकेतिक फाइल तस्बिर

साउन १२, दाङ । रूकुम पश्चिममा मृ’त अवस्थामा फेला परेकी महिलाको ह’त्या भएको आशंका गरिएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी अन्दाजी २६ वर्षीया मनकला खड्का खत्री गएराति मृ’त अवस्थामा फेला परेकी थिइन ।

सोमबार बेलुका ६ बजेतिर गोठमा बस्तु चौपायालाई घाँसपात गर्न भनेर गएकी मनकला राति अवेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा राति अबेर मकै बारीको काल्नामा मनकला मृ’त भेटिएकी थिइन ।

जिल्ला प्रहरी प्रमुख डिएसपी धुर्बकुमार श्रेष्ठले प्रहरीलाई मध्यराति १२ बजे खबर आएको र प्रहरी घटनास्थलमै रातभर बसेर श’वको सुरक्षा गरि बिहान मुचुल्का उठाउन सुरु गरेको जानकारी दिए ।

डिएपपी श्रेष्ठले मृतक मनकलाको नाकबाट रगत बगेको अवस्था रहेको जानकारी दिए । मनकला गोठदेखि करिब दश मिनेटको दूरीको काल्नोमा मृ’त अवस्थामा फेला परेको डिएसपी श्रेष्ठले बताए ।

डिएसपी श्रेष्ठका अनुसार मनकलाका श्रीमान रोजगारीको सिलसिलामा बिदेशमा रहेका छन् । मनकला सासु आमा र ७ बर्षे आफ्नो बच्चाको साथमा बस्दै आएकी थिइन ।

 

१२ श्रावण २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको