गंगादेवमा कोभिड बिरामीलाई एम्बुलेन्स भाडा निशुल्क, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता


जेठ १३, रोल्पा । रोल्पा गंगादेव गाउँपालिकाले कोभिड पोजेटिभ व्यक्तिहरुलाई एम्बुलेन्स निशुल्क प्रदान गर्ने भएको छ । बिरामीहरुलाई होम आइसोलेशनबाट पालिका आइसोलेशन वार्डमा वा पालिकाको आइसोलेशनबाट जिल्लामा रहेको अईसोलेशनमा रिफर गर्नुपरेमा निशुल्क एम्बुलेन्सको सुबिधा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

बिहिबार बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार कोभिड बिरामीहरुको एम्बुलेन्स भाडा स्थानीय सरकारले व्यहोर्ने निर्णय भएको अध्यक्ष बिर बहादुर खत्रीले जानकारी दिए ।

स्थानीय स्वास्थ्य कर्मीहरुको जाँचबुझ अनुसार कोभिड पोजेटिभहरुको अबस्था हेरी अक्सिजन युक्त आइसोलेशनमा पुर्याउने र एम्बुलेन्स भाडा निशुल्क प्रदान गर्ने अध्यक्ष खत्रीले बताए ।

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

स्थानीय सरकारले पालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । पालिकाको आइसोलेशन वार्ड हेर्ने स्वास्थ्य कर्मीहरुलाई प्रोत्साहन भत्ता स्वरूप खाईपाई आएको तलबको ५० प्रतिशत थप तलव दिनेगरि कार्यपालिकाले निर्णय गरेको छ ।

त्यसैगरी गाउँपालिका भित्र रहेको ७ जनाको स्वास्थ्य मोबाईल टोलीलाई पनि खाईपाई आएको तलवको ३० प्रतिशत र स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई १५ प्रतिशतको दरले प्रोत्साहन भत्ता स्वरूप थप तलव दिने निर्णय भएको छ ।

उनीहरुले बैशाख, जेठ र असारसम्म ३ महिना प्रोत्साहन स्वरूप थप तलव पाउने भएका छन् । प्रत्येक वडामा कार्यरत स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारले दिएको जिम्मेवारी पुरा नगरेमा जवाफदेहीता बनाउने गरि उक्त निर्णय गरेको अध्यक्ष खत्रीले दावी गरे । उनले भने ‘गंगादेवका बिरामीहरुको अबस्था बारे वडाध्यक्षहरुसंग समन्वय गर्दै रेखदेख गर्ने छन् र जनताको स्वास्थ्य बिषयमा स्वास्थ्यकर्मीहरु कतै गैरजिम्मेवार बने उनीहरु स्वयम जवाफदेही हुनुपर्ने छ, यसैका आधारमा प्रोत्साहन भत्ताको ब्यबस्था गरेका छौ’।

 

१३ जेष्ठ २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको