दाङमा जीप दुर्घटना हुँदा चारजना घाइते


जेठ १३, दाङ । दाङमा जीप दुर्घटना हुँदा चारजा घाइते भएका छन्।

बेनीबाट कपुरकोटका लागि छुटेको जीप तुलसीपुर १८ वेल्झुण्डीमा दुर्घटना भएको हो । १२ जना यात्रुसहित बेनीबाट कपुरकोट जाँदै गरेको रा १ज ५१५ नम्बरको जीप बिहीबार तुलसीपुर १८ रङ्गशाला नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जीप दुर्घटनामा परी ललित विक, गगन बाँठा, सन्तोष विक र दोर्ण विक घाइते भएका छन। घाइतेमध्ये सन्तोष विक र दोर्ण विकलाई गम्भीर चोट लागेको छ । घाइतेहरु सबै कपुरकोट गाउँपालिकका रहेको प्रहरीले जानकारी दिएको छ ।

साथै घाइतेको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

१३ जेष्ठ २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको