रोल्पा गंगादेवकी ६१ बर्षिय महिला सहित ४ जना काेराेना संक्रमित सल्यान अस्पतालमा मृ’त्यु


जेठ १३, सल्यान । जिल्ला अस्पताल सल्यानमा ४ जना काेराेना संक्रमितकाे मृ’त्यु भएकाे छ । अस्पतालमा उपचार गराइरहेका ४ जनाकाे मृ’त्यु भएकाे स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

मृ’त्यु हुनेमा शारदा नगरपालिका ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ६२ वर्षीय महिला र रोल्पा गंगादेव गाउँपालिका २ की ६१ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले बताए ।

मृ’त्यु हुनेहरु एकजना हिजाेमात्रै उपचारका लागि अस्पताल आएका थिए भने एकजना दुइदिन देखि, एकजना चारदिन देखि र अर्का एकजना १०दिनदेखि उपचाररत रहेकाे अस्पतालका डाक्टर भिमकान्त जैशीले बताए ।

सल्यानमा हाल सक्रिय संक्रमितकाे संख्या ७ सय ८५ रहेकाे छ भने कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४१ पुगेको छ ।

१३ जेष्ठ २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको