सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीबाहेकका मुद्दा नहेर्ने


बैशाख १४, काठमाडौं । सर्वोच्च अदालतले कोभिड महामारीका कारण वैशाख १५ देखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकको मुद्दा नहेर्ने भएको छ ।

मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकका कामकारवाही स्थगित गरेको उल्लेख छ ।

साथै उच्च अदालत, जिल्ला अदालत र अन्य अदालत र न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारवाही सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत र न्यायाधिकरणलाई मिलाउन निर्देशन दिएको छ ।

हेर्नुस विज्ञप्ति 

१४ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको