सल्यानमा ६ जनाकाे ज्यान लिएकाे भीरले स्कुल हिडेकी चन्द्रकलाकाे पनि ज्यान लियाे


बैशाख १४, सल्यान । सल्यानमा परिक्षा दिन हिडेकी एक छात्राको लडेर ज्यान गएको छ ।

जिल्लाकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ साउनेपानी अत्तरकाँडा निवासी चन्द्रकला शार्कीकाे मंगलबार बिहान स्कुल जाने क्रममा लडेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

कोभिडको जोखिम लाइ मध्यनजर गर्दै विद्यालयले आन्तरिक परिक्षा संचालन गरेपिछ भानुभक्त मावि दमाचाैरमा कक्षा १० मा अध्यनरत चन्द्रकला मंगलबार बिहानै गणित विषयको परिक्षा दिन भनेर हिडेकी थिइन् ।

घरबाट विद्यालयसम्म जाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिदै गर्दा सल्लाको कुसुममा चिप्लिएपछि भीरबाट लडेको उनिसंगै हिडेका विद्यार्थीहरुले बताएका छन् ।

बाटोबाट लडेर करिब ४ सय मिटर तल पुगेको र बिहान करिव सवा ९ बजेकाे समयमा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ र २ काे सिमानामा रहेकाे उक्त अत्तरकाँडा भीरबाट यसभन्दा अघि ६ जना भन्दा धेरै लडेर ज्यान गुमाइसकेकाे छत्रेश्वरी १ का वडा सदस्य प्रकाश हमालले बताए । दुइवटा वडाका नागरिक वारपार गर्ने उक्त ठाउँमा खाेला वारि र पारि दुवैतिर डेन्जर खालकाे भीर छ ।

घटनाकाे दुख व्यक्त गर्दै भानुभक्त मावि दमाचाैरले पनि शाेक वक्तव्य निकालेकाे छ ।

 

१४ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको