बैशाख १४, काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार जारी छ।
कोरोना संक्रमित भएपछि राजदम्पती शनिबार १ बजे नर्भिक अस्पतालमा भर्ना भएका थिए। उनीहरुसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी थिइन्।
कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।
उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिन नपरेको अस्पतालले जनाएको छ।
तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। हरिद्वारको कुम्भ मेलामा सहभागि भएर आएपछि राजदम्पतीमा बैशाख ७ गते कोरोना पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस