बैशाख १४, रोल्पा । विप्लव नेतृत्वको सहायक संगठन यूवा संगठन नेपाल रोल्पाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले डिल्लीरमण वलीलाई संयोजक चयन गरेको छ।
कोभिड-१९ लाई मध्यनजर गर्दै परिवर्तन गाउँपालिकाको बागमाराको रेडक्रसको हल भित्र सप्पन्न भएको रोल्पा जिल्ला पार्टी सेक्रेटरी शोभाराम रानाले बताए। सम्मेलन आयोजक समितिका संयोजक अशलको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रिय संयोजक पाटन उपस्थिति रहेका थिए भने विशिष्ट अतिथिहरुमा रोल्पा जिल्ला इन्चार्ज मानव र रोल्पा जिल्ला पूर्व इन्चार्ज प्रयास रहेका थिए ।
अन्य अतिथिहरूमा रोल्पा जिल्ला कमिटी सेक्रेटरी शोभाराम राना, युवा संगठन राप्ती व्युरो सदस्य मनोज, अखिल (क्रान्तिकारी )रोल्पाका अध्यक्ष हरि वली, नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्द, त्रिवेणी गाउँकमिटीका सेक्रेटरी भावुक, गंगादेवका सेक्रेटरी मुस्कान, लुङ्ग्री गाउकमिटी सेक्रेटरी श्रवण लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सम्मेलन आयोजक समितिका सदस्य नरेश रानाले दिएका थिए भने उक्त कार्यक्रमको सञ्चालन टिकाराम रानाले गरेका थिए।
प्रमुख अतिथि पाटनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सहायक संगठन युवा संगठनको भूमिका बारे प्रशिक्षण दिएका थिए । उनले संसदीय व्यबस्थाको बिकल्प बैज्ञानिक समाजबाद रहेको स्पस्ट पारे।
त्यस्तै विशिष्ट अतिथिहरु द्वारा रोल्पाको राजनैतिक इतिहासलाई उजागर गर्दै बैज्ञानिक समाजबादी व्यबस्थामा पनि रोल्पाली युवाहरुको भुमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिएका थिए । ब्यबस्था परिवर्तनका लागि युवाहरुको भूमिका बिशेष हुने बताउदै, युवाहरुबाट पार्टी र क्रान्तिको जिम्मेवारी पुरागर्न कन्जुस्याइँ नहुने बिश्वास व्यक्त गरेका थिए।
यस्तो बन्यो संगठन
डिल्लीरमण वली ‘अशल’को अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा टिकाराम राना, सचीवमा खिमलाल वली, सहचिवमा दिपेन्द्र चन्द, कोषाध्यक्षमा लिला बहादुर जिसी, सदस्यहरुमा प्रेम वली, चन्द्र पुन, अर्जुन केसी, कमल वली, राज कुमार बुढा, तिलक खड्का, आकाश बिश्वकर्मा, शाहीराम नेपाली, आकाश सिंह, भुपेन्द्र रोका मगर, यमन मल्ल, श्याम साही, जिबन बाठा, समर्थन लगायतका सदस्यहरु चयन गरिएको छ।
नव निर्वाचित समितिलाई त्रिवेणी गाउँकमिटीका सेक्रेटरी भावुक र अखिल (क्रान्तिकारी)दाङका उपाध्यक्ष खुमनले वधाई मन्तव्य दिएका थिए ।
प्रतिक्रिया दिनुहोस