लोपोन्मुख फोटो प्रतियोगितामा प्रथम बने बागलुङका राज लम्तरी मगर


मगर सन्सार फोटो ग्यालरी ग्रुपको आयोजनामा चैत ६ गते देखि ११ गते सम्म भएको मगर समुदायले प्रयोग गर्ने पुराना भाँडाकुँडा/सामाग्री /औजारहरुको फोटो प्रतियोगितामा हाल जापानमा बस्दै आउनुभएका बरेङ -३ बाग्लुङ राज लम्तरी मगर प्रथम बन्नु भएको छ । उहाँले १२८ जना प्रतियोगिहरुलाई पछि पार्दै ४९५४ लाइक प्राप्त गरि प्रथम भएका हुन् ।

प्रथम भए संगै बिजेताले रु.८ हजार नगद पुरस्कार र सम्मान पत्र प्राप्त गर्नुभएको छ । राजले हातले बुनेको डोकोको फोटो पोस्ट गरि सहभागी जनाउनु भएको थियो । प्रतियोगिता लाइकको आधारमा खेलाइएको थियो । त्यसैगरी प्रतियोगितामा काठमाडौ निबासी मन्सु थापा मगरले दोस्रो स्थान हात हासिल गर्नु भएको छ । उहाँले ३९०३ लाइक प्राप्त गर्नुभएको थियो । उहाँलाई पुरस्कारस्वरूप नगद ६ हजार र सम्मानपत्र प्राप्त गर्नुभएको छ । उहाँले हलो, जुवा र खोकको फोटो पोस्ट गरि सहभागी जनाउनु भएको थियो ।

म्याग्दी अन्नपूर्ण गाउँपालिका – ६ खिबाङ्ग हाल लन्डन युके निबासी बिल पुर्जा पुन मगर तेस्रो स्थान हासिल गर्नुभएको छ । उहाँले ३४९५ लाइक प्राप्त गरेसंगै नगद रु. ४ हजार र सम्मान पत्र प्राप्त गर्नुभएको छ । उहाँले धनुषवाण र धजाको फोटो पोस्ट गरि प्रतियोगितामा सहभागी जनाउनु भएको थियो । यस्तै धादिङ निबासी ममिता राना मगरले सान्त्वना स्थान हात पार्न सफल हुनुभएको छ । उहाँले ३३३१ लाइक प्राप्त गर्नुभएको थियो । उहाँले नगद रु २ हजार र सम्मान पत्र प्राप्त गर्नुभएको छ । उहाँले प्रतियोगितामा मान्द्रो, गुन्द्री , खुर्पेटो, पेरुङ्गो, चकटी, डोको, सिपृङ, नाग्लो, जातो, थुन्से र तुलो को फोटो पोस्ट गरि सहभागी हुनुभएको थियो । प्रतियोगितामा देश बिदेशबाट जम्मा १२९ जनाले सहभागिता जनाउनु भएको थियो।

यो प्रतियोगिताको लागि विभिन्न ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको छ । प्रथम पुरस्कारको लागि हाल कोरियामा बसोबास गरिरहेका कपिलवस्तुका जिम्ब मगरले प्रायोजन गर्नुभएको थियो । त्यस्तै दोस्रो पुरस्कारको प्रायोजकमा हाल हङकङमा बसोबास गरिरहेका रबिन्द्र थापा मगरले प्रायोजन गर्नुभएको थियो भने तृतीय पुरस्कार बागलुङका लिला थापा मगर र हाल मलेसियामा रहेका रोल्पा निबासी रामप्रसाद पुन मगर प्रायोजन गर्नुभएको छ । सान्त्वना पुरस्कार जापानमा बसोबास गरिरहेका बागलुङका प्रेम दर्लामी मगरले प्रायोजन गर्नुभएको थियो ।

१४ चैत्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको