दलित पत्रकार संघ दाङको अध्यक्षमा वशन्त परियार चयन


फागुन १५, तुलसीपुर । राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशन शनिवार भएको छ ।

घोराहीमा भएको अधिबेशनले बशन्त परियारको अध्यक्षतामा १७ सदस्यीय कार्य समिती चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा गिरिराज नेपाली, उपाध्यक्षमा प्रियास्मृती गजमेर, सचिबमा अर्जुन परियार, कोषाध्यक्षमा चन्द्रप्रकाश नेपाली, सहसचिवमा देबका परियार चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा तेजबहादुर परियार, हेमराज परियार,अस्मिता परियार,डोमा परियार,मदन बिक,सुहाना सुनार, सुष्मा नेपाली, प्रकाश परियार, कृष्ण बहादुर बिक, तारा विश्वकर्मा र हिमाल बिश्वकर्मा चयन भएका छन् ।

दलित समुदायमा परिवर्तन ल्याउन शिक्षा चाहिन्छ: विश्वकर्मा

राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देबराज विश्वकर्माले दलितहरुको जीवनमा परिवर्तन ल्याउन शिक्षा अति आवश्यक बस्तु भएको बताएका छन् ।अधिबेशनलाई सम्बोधन गर्दै बिश्वकर्माले दलित समुदाय पछाडि पर्नुको एउटा प्रमुख कारण अशिक्षा पनि रहेको हुँदा दलितको उत्थानका लागि शिक्षा अति आवश्यक भएको बताए ।

‘हामी दलित होइनौ, हुनपनि चाहान्नौ,’ उनले भने ‘ समाजले हामीलाई जबर्जस्त दलितको बनाएको हो । समाजले हामीलाई जन्मिदै दलित बनाएको हो ।’

दलित अगुवा जोगेन्द्र विश्वकर्माले अन्य जिल्ला भन्दा दाङमा दलितहरुको बीचमा बलियो एकता रहेको भएपनि अझैं दलितहरु हरेक क्षेत्रमा स्थापित हुन जरुरी रहेको बताए । एउटा सस्थाले मात्र दलितहरुको संरक्षण गर्न नसक्ने भएको हुँदा समग्र दलितको हक हितका लागि राष्ट्रिय दलित आयोग गठन गरिएको उनले बताए ।

दलित संघ दाङका सभापति बाबुराम विश्वकर्माले सञ्चार क्षेत्र चुनौतिपूर्ण रहेको भन्दै सत्य तथ्य खबर सम्प्रेषण गरेर समाजलाई जागरुक बनाउने काममा लाग्न आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन दाङको पत्रकारकारिता क्षेत्रलाई बलियो बनाउने सवालमा संघको तर्फबाट भूमिका खेल्न आग्रह गरे ।

प्रेस संगठन दाङका संयोजक जेएन सागर, प्रेस संगठन दाङका संयोजक प्रकाश चौधरी, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल केसी, सामुदायिक रेडियो प्रशारक संघ अको¥याब लुम्बिनी प्रदेशका सचिब संगित बस्याल लगाएतले सम्वोधन गरेका थिए ।

१५ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको