ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ फागुन २३ गतेबाट खुल्दै


फागुन १५, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ।

ज्योतिले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्न लागेको हो।

यसमध्ये ५-५ प्रतिशतका दरले अर्थात ३ लाख ३० हजार कित्ताका दरले सामूहिक लगानी कोष र कर्मचारीलाई वितरण गरिने र बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

आवेदन दिने अन्तिम मिति फागुन २८ गते सम्म तोकिएको छ। कम्पनीको कम्तिमा १० कित्ता र अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ। सेयर आस्वा, मेरो सेयरमार्फत भर्न सकिन्छ। ज्योति लाईफको कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ।

यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। यो भनेको ६६ करोड रुपैयाँ हुन आउँछ। पछिल्लो समय आईपीयो जारी गर्ने कम्पनी बढेसंगै लगानीकर्ताको पनि सेयर लगानीमा आकर्षण अत्यधिक बढेको छ।

१५ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको