रोल्पाको गंगादेवमा बिजुली बल्यो, थवाङमा ८ महिना भित्रै बत्ति बल्ने


फाल्गुन १५, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा बिजुलीको केन्द्रीय लाइन बिस्तार हुँदा घर-घरमा बत्ति बलेको छ ।

गंगादेव ३ वडाका टोलहरु कुयापानी, लोरिबिनी, डाँडाखुटी, कालाभिर, घोप्टेओढार २ नम्बर वडाको घरबीर र ५ नम्बर वडामा महानेटा र उदीनढुङ्गा, उकाला  टोलहरुमा बिजुलीको केन्द्रीय लाईन बिस्तार भएपछी बिहिबार देखि घरघरमा बत्ति बलेको हो ।

गंगादेव गाउँपालिका भित्र हाल ६ वटा ट्रान्सफर्म चालुगरि करिव ७ सय घरधुरीलाई बत्ति वितरण भएको छ भने केहि घरहरुमा सहायक लाइन जडानगर्न पोल र तारहरु अझै बिस्तार भैरहेकोले केहि दिनमै बत्तिबाल्ने पहल भैरहेको छ ।

लुम्बिनी प्रदेश क्षेत्रीय डिभिजन कार्यलय नेपालगन्ज र नेपाल बिधुत प्राधिकरण रोल्पा वितरण केन्द्रद्वारा बिधुत बिस्तार कार्य भएको हो । आर्थिक बर्ष २०७४/०७५ देखि गंगादेवमा बिधुत बिस्तार कार्य सुरु भएको थियो ।

गंगादेवको गाउँपालिका सानडाँडा लगायत अन्य वडाहरुमा तत्कालै बिजुली बिस्तार गर्न योजना सुचारु भैरहेको छ ।

रोल्पा जिल्लाभरि बिधुतको केन्द्रीय लाईन वितरण भैरहेको छ । रोल्पा जिल्लाको प्रत्यक गाउँपालिकामा बिधुत बिस्तार योजना लागु भैरहेको रोल्पा वितरण केन्द्र शाखा प्रमुख सम्भु मण्डलले पोष्टपाटीलाई बताए । शाखा प्रमुख मण्डलका अनुसार हाल रोल्पा जिल्लाभरी करिव ७० करोडको बिधुत वितरण योजना लागु भैरहेको छ ।

थवाङ गाउँसम्म बिजुली पुर्याउन बिधुतको केन्द्रीय लाईन बिस्तार कार्य हाल चालु भैरहेको छ । आउदो कार्तिक महिना भित्र थवाङको मुख्य गाउँमा बत्ति बाल्ने शाखा प्रमुख मण्डलले बताए ।

१५ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको