श्रीमानसंग झगडापछि मध्यरातमा दीपाले राप्ती नदीमा हाम फालेर आत्मह’त्या गरिन

फाइल तस्बीर

कात्तिक ९, दाङ । श्रीमानसंग भगडा भएपछि बाँकेमा एक महिलाले मध्यरातमा राप्ती नदीमा हाम फालेर आत्मह’त्या गरेकी छन् ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ की २० बर्षीया दीपा थारुले श्रीमान २३ बर्षीय जोगिराम थारुसंग सामान्ने बिबाद भएपछि मंगलबार बिहान २ बजे राप्ती नदीमा हाम फालेर आत्मह’त्या गरेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

दीपाका शब बिहान सवा १० बजेतिर राप्ती नदीमा फेला परेको थियो । एसपी अधिकारीले दीपाका श्रीमान जोगिरामलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

जोगिरामले आशंकायुक्त कुरा गरेको हुँदा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताए । शब पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

९ कार्तिक २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको