जातीय विभेद प्रति शिल्पी संघ नेपाल कुवेतको ध्यानाकर्षण


जातीय विभेद प्रति शिल्पी समाज कुवेतको ध्यानाकर्षण भएको छ । २८असोज दसैँको महानवमीको दिन मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा इँटा र पाइपले कुटेर चितवनको भरतपुर महानगरपालिका– ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको बीभत्स हत्या गरिएको थियो । यस हत्याकाण्ड प्रति शिल्पी समाजले बिज्ञप्ति निकालेर बिरोध जनाएको छ ।

पुरा बिज्ञप्ति:

प्रेस विज्ञप्ती
२१शौ शताब्दीमा आएर पनि नेपालमा २८असोज दसैँको महानवमीको दिन मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा इँटा र पाइपले कुटेर चितवनको भरतपुर महानगरपालिका– ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको बीभत्स हत्या गरिएको छ ।

निज भिम बहादुर बिश्वकर्माको हत्या गर्नुको कारण हिन्दुहरुको मन्दीरमा म पनि हिन्दु भएको हुनाले पुजा गर्न पाउनुपर्छ वा यो मन्दिरमा राज्यले दलितको दायरा भित्र राखेकाहरुले पनि पुजा गर्न पाउनु पर्छ भन्दा कथित हिन्दुधर्मका उपल्नो जात भनौदा केही मानिसले एउटै धर्म सम्प्रदायका भएपनी जातको आधारमा भीमबहादुरको क्रूर हत्या गरेका छ्न । सोघटनाले हिन्दू धर्म, कानुनी राज्य, संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ। यस्तो निच क्रूर, अमानवीय र आपराधिक निन्दनीय घटनाको शिल्पी संघ नेपाल कुवेत घोर भत्सर्ना गर्दछ ।

साथै यस घटनाबारे चासो दिएर पीडितलाई न्याय र पिडकलाइ कठोर भन्दा कठोर सजाय दिन आम सञ्चारमाध्यम, मानवअधिकार आयोग, मानवअधिकारवादीहरू र नागरिक समाज, सम्पूर्ण बुद्धिजीवी, समाज सेवि, देश विदेशमा रहेका सम्पुर्ण आमा बुवा दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नो आफ्नो क्षेत्रबाट अहम भुमिका खेल्न र मुख्यत नेपाल सरकारसङ्ग अपराधी दिलीप श्रेष्ठ र सीताराम बस्नेतलाई काडा भन्दा कडा कार्वाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन शील्पी संघ नेपाल कुबेत जोरदार माग गर्दछ ।

मृतक भिमबहादुर बिश्वकर्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पन साथै शोकाकुल परिवार प्रती गहिरो समवेदना प्रगत गर्दछ । संविधान र कानुनले समान हकअधिकार दिलाइसक्दा पनि हिन्दु धर्म ठेकेदारहरूबाट भएको जघन्य अपराधको भण्डाफोर गर्न आन्दोलनमा एकताबद्ध भएर लड्न सम्पुर्ण सरोकार वाला निकायहरुमा शिल्पी संघ नेपाल कुवेत आग्रह गर्दछ ।

शिल्पी संघ नेपाल कुवेत

९ कार्तिक २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको