एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने


असोज १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आगामी असोज १५-१७ सम्म ललितपुको गोदावरीमा हुने विधान महाधिवेशनमा ५ हजार जना प्रतिनिधि सहभागी हुने भएका छन्।

तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले तीनवटै प्रतिवेदन परिमार्जनसहित पास गर्दै सहभागी हुने प्रतिनिधिको संख्या पनि टुंगो गरेको हो।

‘बैठकले तीनवटै प्रस्ताव आवश्यक परिमार्जन र सुझावसहित पास गरेको छ। यीबारे विधान महाधिवेशनका प्रतिनिधिबीच फेरि छलफल हुनेछ’, बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘विधान महाधिवेशनमा देशभरबाट आएका ५ हजार प्रतिनिधिले भाग लिनेछन्। प्रवास कमिटीबाट पनि सहभागी हुनेछन्।’

भट्टराईका अनुसार प्रदेश कमिटी, जनसंगठन र जिल्ला कमिटीका पदाधिकारीले विधान महाधिवेशनमा भाग लिनेछन्। त्यस्तै हरेक निर्वाचन क्षेत्रबाट महिला अनिवार्य गरेर प्रतिनिधि सहभागी गराइँदैछ।

विधान महाधिवेशनमा जिल्लाबाट दलित सदस्य पनि अनिवार्य गरिएको भट्टराईले बताए। ‘विधान महाधिवेशनमा प्रदेश सभा, प्रतिनिधिभा, पालिका प्रमुख-उपप्रमुख र समन्व समितिका प्रमुख-उपप्रमुखले पनि भाग लिने भट्टराईले बताए।

त्यसैगरी पार्टी एकतामा सामेल भएकाहरुलाई पनि सम्मानजनक स्थान दिएर महाधिवेशनमा सहभागी गराइने भट्टराईले बताएका छन्।

१० आश्विन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको