नेपालबाट मनसुन कहिले बाहिरिन्छ ? [तीन दिनको मौसम पूर्वानुमानसहित]

फाइल तस्बीर

असोज १०, काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

यो मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने मौसमविद् मञ्जु बासीले बताइन् । अबको एक सातामा यस वर्षको मनसुन बाहिरिन सक्ने उनले जानकारी दिएकी छन् ।

यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । मौसमविद् बासीले यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको बताइन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन १० गते (आईतबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ११ गते (सोमबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १२ गते (मंगलबार)

दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

१० आश्विन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको