भदौ १०, काठमाडौँ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा अन्तिम प्रशिक्षण गर्ने भएको छ।
बन्द प्रशिक्षणका लागि नेपाली टोली भदौ २५ गते कतारको दोहा प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
साफको तयारीमा रहेका २५ खेलाडी कतार जानेछन्। साफ च्याम्पियनसिपका लागि नेपाली टोली उतैबाट असोज ११ गते माल्दिभ्स पुग्नेछ। साफ च्याम्पियनसिप असोज १५ गतेबाट सुरु हुनेछ।
नेपाली टोली अहिले पोखरामा बन्द प्रशिक्षणमा ब्यस्त छ। साफ च्याम्पियनसिप अघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल काठमाडौको दशरथ रंगशालामा भदौ १७ र २० गते हुनेछ।
प्रतिक्रिया दिनुहोस