देशभर कुन जिल्लामा कति संक्रमित थपिए ? (सुचीसहित)

फाइल तस्बीर

साउन ११, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १७, उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा ५, झापामा ३१४, ताप्लेजुङमा ३, तेह्रथुममा २, धनकुटामा २१, पाँचथर ३, भोजपुरमा ३, मोरङमा १२०, सोलुखुम्बुमा ६ र सुनसरीमा १०६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ९, पर्सामा २, बारामा २, महोत्तरी ३, रौतहटमा ७ सप्तरीमा ६, सर्लाहीमा ९ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ६७७, काभ्रेमा ३०, चितवनमा ९८, दोलखामा २, धादिङमा ‍६१, नुवाकोटमा २९, भक्तपुरमा १२५, मकवानपुरमा ८४, रसुवा ४, रामेछापमा २१, ललितपुरमा १९७, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ३० जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६२, गोरखामा ८, तनहुँमा ५, नवलपरासी पूर्वमा १०५, पर्वतमा २, मुस्ताङमा २, लमजुङमा ६, म्याग्दीमा १, बागलुङमा १८ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १४, कपिलवस्तुमा ७, गुल्मीमा ८, दाङमा १६, नवलपरासीमा ११, पाल्पामा १२, प्युठानमा ३, बर्दियामा ४, बाँकेमा ८, रोल्पामा ६ र रुपन्देहीमा ५३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, मुगुमा १, रुकुम पश्चिम १, सल्यानमा १ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २, कैलालीमा ५, डडेल्धुरामा ३, बझाङमा १ र बैतडी १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

११ श्रावण २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको