हो म नेपाल कम्युनिस्टको कट्टर अनुयायी हुँ
मलाइ नेपाल कम्युनिस्टको अनुयायी हुनुमा
अधिक भन्दा अधिक आनन्द लाग्छ
अघोरी दलालको याचना
अन्यायको चीत्कार
देश थिलोथिलो भएको
म देख्नै सक्दिन ।
दलालहरुको मलिन अनुहारको
अगाडि जनताको अँध्यारो जिवनमा
उज्यालो खोज्ने कसुर कम्युनिस्टलाई
द्रोही भनिन्छ भने,
हो स्विकार्छु म द्रोही हुँ ।
राज्यका कसुरका बिरुद्ध म आवाज ओकल्छु
तिमि दलालले पसिना चुस्यौ- जनता लुट्यौ
जुकाले जिंउदो रगत चुसेझैं
सर्बहाराको पसिना चुस्यौ
सुकुम्बासीको झुपडी पनि लुट्यौ
ती झुपडिबाट बगेका आँसु पियौ
गरिबहरुको सपना लुट्यौ
म त्यो लूटिएको शासन देख्न सक्दिन
हो त्यसैले मैले बिरोध गरे
त्यसैले म नेपाल कम्युनिस्टको एक रक्तिम विद्रोही हुँ
सुन्दर नेपालको बेइज्जती गर्यौ
देश बेच्यौ तिमिले
कहिले सिमाना बेच्यौ
कहिले नदि बेच्यौ
कहिले जंगल बेच्यौ
तिम्रा स्वार्थहरुको निम्ति
पटक पटक देशलाई खालमा राखेर जुवा खेल्यौ
त्यसैले म सहन सक्दिन
मेरो आत्मा मेरो मन जिवित भएर
अन्यायको बिरुद्ध ठिङ्ग उभियो
मैले त्यही भएर प्रतिरोध गरे
हो, मैले तिम्रा कर्तुतका
पर्खाल तोड्नुछ
शहरमा गएर जोडले भन्दिएँ
हो, त्यसैले म नेपाल कम्युनिस्टको लाल विद्रोही हुँ
जनताको एक थोपा पसिनाले
एक किलो नुनको निम्ति
मालिकको अगाडि रगत बगाउने जनताको
सानो खुसिको झुपडी संसारको
एक पेट मीठो खाने सपना
एक आङ ढाक्ने चाहना
स्वतन्त्र भएर बांच्ने मुक्तिका अभिलासामाथि
तिम्रा पासविक दमनका
साङ्लाहरु तोड्न पुग्छु।
तिम्रा निकृस्ट सोचहरु सल्बलाउछन
जंहीतंही अन्यायको ताण्डब देखाउँछौं
त्यसैले यो मैले सहन सक्दिन
मैले बिरोध गरे तिम्रा
हर्कतहरुका बिरुद्धमा
हो त्यसैले म नेपाल कम्युनिस्टको लाल विद्रोही हुँ
मलाइ नेपाल कम्युनिस्टको विद्रोही हुनुमा
अधिक भन्दा अधिक आनन्द लाग्छ ।
हो, म यिनै आरोपहरुको
बिरुद्धमा आवाज र प्रतिरोध गरेर
देश बनेको देख्न चाहान्छु
दलालहरुको अन्त्य गरेर
मर्ने इच्छा र बलि दिन
तत्पर भएरै अगाडि बढें।
हो त्यसैले म नेपाल कम्युनिस्टको लाल विद्रोही हुँ
अधिक भन्दा अधिक आनन्द लाग्छ
मलाई दमन विरुद्द विद्रोह गर्नलाई
र गर्वका साथ भन्छु लालसलाम✊
प्रतिक्रिया दिनुहोस