राष्ट्रिय आबिस्कार केन्द्र र जनमैत्री अस्पताललाई ‘एभरेस्ट १०० इन्भेस्टमेन्ट’ को सहयोग


पोष्टपाटी काठमाण्डौ । महाबिर पुनद्वारा संचालित राष्ट्रिय आबिस्कार केन्द्र र रबि लामिछाने द्वारा संचालित जनमैत्री अस्पताललाई एभरेस्ट इन्भेस्टमेन्टले आर्थिक सहयोग प्रदान गरेको छ । कोभिडको महामारी चलिरहेको वेला महामारी नियन्त्रण गर्न आबिस्कार केन्द्र र जनमैत्री अस्पताललाई सहयोग हस्तान्तरण गरेको इन्भेस्टमेन्टका सह सचिव बबिता रास्कोटी मगरले बताउनु भयो ।

वैदेशिक रोजगारीको क्रममा युएई लगायत विभिन्न देश छरिएर रहेका नेपालीहरुले संचालन गरेको एभरेस्ट इन्भेस्टमेन्ट लिमिटेडले आबिस्कार केन्द्र र जनमैत्री अस्पताललाई छुट्टाछुट्टै हस्तान्तरण गरिएको थियो । रबि लामिछाने द्वारा संचालित जनमैत्री अस्पताललाई २ लाख ३९ हजार ४ सय चौतिस रुपैयाँ ९१ पैसा हस्तान्तरण गरेको थियो भने महाबिर पुन नेतृत्वको राष्ट्रिय आबिस्कार केन्द्रलाई ४ लाख ४४ हजार ६ सय चौसट्ठी रुपैयाँ ८२ पैसा हस्तान्तरण गरेको थियो ।

 

१२ जेष्ठ २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको